२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्वतमा दुई बेहुला पक्राउ


0
Shares

पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ ।

मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज गर्दे गरेको अवस्थामा प्रहरीले २३ वर्ष का प्रदीप परियार र २४ वर्षका राजकुमार परियारलाई पक्राउ गरेको हो ।

भोजमा प्रहरी पुगेपछि सबै भागेका थिए भने बेहुलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

माझफाँटमा मात्र ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।