१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्षत्रपाटी अस्पतालमा कोभिडको नि:शुल्क उपचार


78
Shares

काठमाडौं, बैशाख २९ । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार नि:शुल्क गर्ने भएको छ ।

दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर नि:शुल्क उपचार गर्न लागिएको हो ।

आईसियुसहितका ३५ वेडमा कोभिडका विरामीहरुको उपचार शुरु गर्ने सो अस्पतालले जनाएको छ ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले ५० बेड क्षमताको चिकित्सालयलाई कोभिड डेडीकेटेड अस्पतालको रुपमा संचालन गरिने बताउनुभयो ।

अहिले चिकित्सालयको प्राङ्गणमा सामान्य उपचारसहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।