
काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ ।
उक्त समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफ्ना मागहरु पूरा गर्न सहमति नगरिए सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।
नेता भीम रावलका अनुसार नेता नेपालले प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्न ४ बजेसम्मको समय दिइएको हो ।
कार्वाही फुकुवाभन्दा पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता खोजेको र त्यसैका लागि अन्तिम प्रयासहरु जारी रहेको उहाँको भनाइ थियो ।
यसअघि ओली पक्षीय स्थायी कमिटी बैठकले भने नेता नेपालसहितका चार जनामाथि गरिएको कार्वाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
आज राति ९ बजेसम्ममा बहुमतको आधारसहित नयाँ सरकार गठनको दावीका लागि राष्ट्रपतिले आह्वान गरेका सन्दर्भमा विपक्षीलाई उक्तसंख्या पुग्न नदिन ओलीले नेपाल पक्षका नेताहरुलाई फकाउने अन्तिम प्रयास गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्