
तस्विर फाइल
काठमाडौं, वैशाख ३० । जनता समाजवादी पार्टीभित्रको रडाकोमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुई कित्तामा उभिएका छन् ।
ठाकुरका साथमा राजेन्द्र महतो तथा यादवको साथमा बाबुराम भट्टराई देखिनुभएको छ । ठाकुर–महतो प्रधानमन्त्री ओली तथा यादव–भट्टराई विपक्षी दलको गठबन्धनसँग सहकार्य गर्दै नयाँ सरकार निर्माणको पक्षमा देखिएपछि उक्त पार्टी चरम संकटमा पुगेको छ ।
यसैक्रममा राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि दावी पेश गर्न दलहरुलाई दिएको समयसीमा नजिकिँदै गरेपछि ठाकुर–महतो पक्षले आफूपक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा जम्मा पारेका छन् ।
त्यहाँ प्रतिनिधिसभा १९ जना सदस्य सहभागी रहेको दावी ठाकुर पक्षले गरेको छ । यादव पक्षमा ४० प्रतिशत सांसद पनि पुग्न नदिने खेल भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्