
काठमाडौं, बैशाख ३१ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउनुभएको छ ।
संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाउनुभएको हो ।
संसद सचिवालयले नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो ।
शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ ।
लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोश्रो खोप लगाएका छन् ।
बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाईने सचिवालयले जनाएको छ ।
त्यसैगरी भोली संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारी, अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा कार्यरत कर्मचारी र आईतबार स्वकिय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षा संग सम्बन्धित कर्मचारी, संसदीय मामिलाका पत्रकारहरुलाई खोप को दोश्रो डोज लगाईने छ ।






प्रतिक्रिया दिनुहोस्