
म्याग्दी, बैशाख ३१ । म्याग्दीमा कोरोना संक्रमणको दर उच्च देखिएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बैशाखमा जिल्लाबाट नमुना संकलन गरि कोरोना परिक्षण गरिएको तथ्यांक अनुसार कोरोना परिक्षण गराएकाहरुमध्ये ७० प्रतिशतमा संक्रमण देखिएको छ ।
बैशाखमा पिसीआर परिक्षणका लागि स्वाब दिएका ३ सय ९६ जनामध्ये बिहीबार साँझसम्म २ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
जिल्लामा कुल १ हजार २ सय ६२ जनाको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा अझै ८ सय ६६ जनाको रिपोर्ट आउन बाँकी छ ।
म्याग्दीमा संक्रमणको दर गण्डकी प्रदेशमै उच्च देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्