
तस्विर फाइल
काठमाडौं, बैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता माधव नेपालसँग पुनः सहकार्य हुने बताउनुभएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः सहकार्य हुने उहाँले बताउनुभयो ।
शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको दोस्रो डोज खोप लगाएर बाहिरीने क्रममा अध्यक्ष दाहालले नयाँ सत्ता समिकरणको विषयमा नेता नेपालबाट आफूहरुले धोका नपाएको तर्क गर्नुभयो ।
एमालेभित्र देखिएका विवाद समाधानउन्मुख भइरहको समयमा दाहालले फेरि नेता नेपालसँग भेट हुने दाबी गर्नुभएको हो ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार तीस दिनभित्र विश्वासको मत लिन नसके पुनः वहुमतको सरकार बन्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्