११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सत्य र निष्ठावान भई काम गर्ने प्रतिज्ञा नगरी प्रधानमन्त्री ओलीले लिए सपथ


104
Shares

एलबी विश्वकर्मा
काठमाडौं, बैशाख ३१ । सिद्धान्तभन्दा सत्ता र नीतिभन्दा रणनीतिलाई आदर्श ठान्ने नेताहरुका कारण मुलुक उग्रराष्ट्रवाद र घोर दक्षिणपन्थी विचारको सिकार हुने देखिन्छ ।

नागरिकको नैसर्गिक अधिकार तथा संविधानद्वारा प्रत्याभूत मौलिक हकविपरीत संविधान विरोधी, अनुदारवादी तथा नियन्त्रणमुखी कानुन जारी गरी सर्वसत्तावादी र अधिनायकवादी सत्ता संस्थागत भैरहेको भन्दै यसप्रति विश्लेषकहरुले चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिँदा राष्ट्रप्रति सत्य निष्ठावान भएर लाग्छु भन्ने प्रतिज्ञा लिन मान्नुभएन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सथप गराउँदा प्रतिज्ञा गर्छु भन्ने शब्द नै उच्चारण गर्नुभएन ।

जसले राष्ट्र निर्माणप्रति ओलीको चाँसो छैन् भन्ने प्रष्ट हुन्छ । ओली र ओली जस्तै व्यवहारका नेताका कारण कम्युनिष्ट पार्टी मात्र नभई कम्युनिष्ट विचारधारा समेत ओझेलमा पर्दै गएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती)ले कम्युनिष्ट पार्टीको वर्तमान नेतृत्व विचारधाराबाट स्खलित भई पतनको दिशामा गएको बताउनु भएको छ ।

देशकै ठूलो कम्युनिष्ट पार्टी भनिएको सत्तारुढ दलका नेताका कारण व्यवस्था नै धरापमा परेको उहाँको ठहर छ ।

मधेश केन्द्रीत दलहरुले आफ्ना एजेण्डा छाडेको वर्षौ भइसक्यो । तराईमा थुप्रै समस्या छन् । तर, समाधान हुन सकेको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेपछि जनताका सवालबाट टाढिएको पाइन्छ । यद्दपी, कम्युनिष्ट विचारधाराको विघटन र भारतीय दबदबाका कारण मुलुक दक्षिण पन्थी धारमा जान थालेको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

यी र यस्तै पाराले नेपाल सधैं अस्थिरताको भूमरिमा पर्ने देखिन्छ । जनताले उग्रराष्ट्रवाद र घोर दक्षिणपन्थको सामना गर्नुपर्ने दिनहरु चाँडै आउनसक्ने अर्का विश्लेषकको तर्क छ ।

सर्वसत्तावाद र अधिनायकवादको मृगतृष्णाले नेताहरु प्रतिगमनको चक्रव्यूहमा फसिरहेका छन् । २०६२/०६३ को जनआन्दोलनका उपलब्धी रक्षाका लागि पनि सबै सचेत हुनुपर्ने देखिएको छ ।