१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोभिडलाई सामना गर्ने बजेट ल्याउछौँ : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, बैशाख ३१ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदभारग्रहण सँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गर्नु भएको थियो ।

यस्तै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताउनु भएको छ ।