१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेमा बन्यो दश सदस्यीय कार्यदल, ओली–नेपाल पक्षबीच सहमतिका आधारहरु खोज्ने जिम्मेवारी


0
Shares

काठमाडौं, जेठ २ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।

अध्यक्ष एवं केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको वार्तापछि दुबै पक्षका पाँच/पाँच जना सदस्य रहने गरी कार्यदल बनाउने सहमति बनेको हो ।

वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा माधव पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघु पन्त सदस्य रहनुहुनेछ ।

अध्यक्ष ओली पक्षबाट भने संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहनुहुनेछ ।

कार्यदललाई तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने खाका पेश गर्न भनिएको छ । अध्यक्ष ओलीसँग २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको पनि नेता नेपालले जानकारी दिनुभयो ।