
काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका छन् ।
वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले ३ वटा छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।
गत शनिबार प्रधानमन्त्री ओली फेरि पनि प्रधानमन्त्री नियुक्ति भएपछि लिनुभएको गोपनियताको सपथ वदर गरि पुनः सपथग्रहण गर्नुपर्ने माग रिट निवेदनमा छ ।
यस्तै सांसद पद नरहेका नवनियुक्त मन्त्रीहरुको नियुक्ती पनि बदर गर्ने माग रिट निवेदनमा गरिएको रिट निवेदक अधिवक्ता विरभद जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्