
बागलुङ, जेठ २ । कोरोना संक्रमित ह्वात्तै बढेपछि बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ ।
कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले लक्षणसहितका गम्भीर अवस्थाका ३५ र इर्मजेन्सी कक्षमा समेत ५ जना गरि ४० जना कोरोना संक्रमित उपचाररत छन् ।
दुई वर्षअघि मात्र अक्सिजन प्लान्ट जोडिए पनि उत्पादन भएको अक्सिजन भर्ने उपकरण नभएकाले सिलिण्डर पोखराबाट भरेर ल्याउनु पर्दा अक्सिजनको अभाव भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्