१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीले ‘डमी’ हतियारबाट प्रशिक्षण गर्ने


0
Shares

हेटौंडा, जेठ २ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।

प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित प्रयोग गरिने अरिजन हतियार प्रयोग गर्दै आइरहेकोमा उक्त हतियारहरु बिग्रने र फुट्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मीरा चौधरीले बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्य योजना अनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी बागमती प्रदेशअन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाईमा वितरण गरी प्रयोग गर्ने कार्यको सुरुवात गरिएको बताइएको छ ।