
काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले कोरोनाविरुद्ध राज्यको सबै क्षेत्र एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गर्न पनि उहाँको आग्रह छ ।
धेरै विकास बजेटहरु खर्च नभएर फ्रिज हुने विगतको परम्परा रहेको भन्दै उहाँले यस वर्ष विकास पूर्वाधारका लागि रकमान्तर हुने बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुनुपर्ने पनि बताउनुभयो ।
अध्यक्ष पोखरेलले महामारीको बखत पत्रकारिता क्षेत्रले जोखिम मोलेर सुचना प्रवाहको काम गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तर लाग्न अपिल पनि गर्नुभएको छ ।
प्रेस काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता र कोभिड निर्देशिकालाई अनुशरण गर्न उहाँको आग्रह छ ।
महामारीको बेलामा कृतिम कालोबजारी र अत्यावश्यक सेवामा चर्को मुल्य लिने गरिएकाले त्यस्तो गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष उहााले माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्