
काठमाडौं, जेठ ३ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ ।
निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताउनुभएको हो ।
अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उहाँले दाबी गर्नुभयो ।
पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताउनुभयो ।
नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्