१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १३५ शैया


0
Shares

कैलाली, जेठ ३ । सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना संक्रमित बिरामीहरुका लागि शैया थप गरेको छ ।

कोरोना अस्थायी अस्पतालबाट ५० शैयाबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब विस्तार गरेर १ सय ३५ शैया संख्या पुर्याएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालले गत वर्षदेखि ५० शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

त्यसैमा ११ शैयाको आइसीयू थप गरेर ६१ शैया पुर्याएको छ ।

संक्रमितको चाप क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालले केही दिनअघि मात्रै ७४ शैया थप गरेको हो ।

अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षलाई हाल कोरोना वार्ड बनाएको छ ।