
काठमाडौं, जेठ ३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो ।
संकटपूर्ण अवस्थामा पनि अनेक बहानामा सरकारले मुल्यवृद्धि गरि जनताको ढाड सेक्ने काम गरेको भन्दै मुल्यबृद्धिको निर्णय फिर्ता लिन नेविसंघले सरकारको ध्यानाकर्षण गरेको हो ।
आयल निगमले पछिल्लो पटक पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धनको मुल्य वृद्धि गरेको छ ।
साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो ।
मूल्य वृद्धिसँगै एक लिटर पेट्रोलको भाउ १ सय २३, डिजेल÷मट्टितेलको १ सय ६ र हवाई इन्धनको ७८ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्