१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग


0
Shares

काठमाडौं, जेठ ४ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बि एण्ड सी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्नुभएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै उनीहरुमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग गर्नुभएको हो ।

यस्तै डा. केसीले हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको आरोप लगाउनुभएको छ ।

उहाँले काठमाडौं विश्वविद्यालयले गरेको भनिएको निरीक्षण प्रतिवेदन फर्जी रहेको भन्‍दै त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्यानाकर्षण गराउनुभएको छ ।