
एजेन्सी, जेठ ४ । अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ ।
अर्धनग्न अवस्थामा टाउकोले भुइँ टेक्दै आफ्नो दश महिनाको बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो ।
अष्ट्रेलीयाली स्नो बोर्डिग आइकन ब्राइटले उक्त तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै लेखेकी छिन्, ‘मातृत्वप्रति गर्व छ’ ।
मदर्स डेका दिन इन्स्टाग्राममा राखिएको उक्त तस्वीरबारे प्राप्त आलोचनाप्रति उनले आफ्ना आमा बाबुप्रति तिनका बच्चाको हेराई कस्तोरहेछ भन्ने बुझेको टिप्पणी गरेकी छिन् ।

ब्राइट अष्ट्रेलियामा निकै सम्मानित ओलम्पियन हुन्, जसले २०१० को भेनकुभर ओलम्पिकमा हाफपाइपमा स्वर्ण तथा सोचीमा रजत पदक पाएकी थिइन् । एक्स गेममा भने उनले दुई पटक स्वर्ण पाएकी छिन् ।
धेरैले उनको आँटप्रति सम्मान गरे पनि केहीले भने टपलेस तस्वीर राखेकामा उनलाई पागलको संज्ञा पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्