१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा


0
Shares

सुनसरी, जेठ ४ । जिल्ला अदालत सुनसरीले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

१७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलाशले यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।

अदालतको आदेशपछि यादवलाई झुम्कास्थित क्षेत्रीय कारागार पठाइएको छ ।

यादव गत बैशाख ८ गते कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा सञ्चालित डुकु होटल एण्ड लजबाट बालिकालाई करणी गर्दै गरेको अबस्थामा पक्राउ परेका थिए ।