
दाङ, जेठ ४ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् ।
चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।
एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नभयको थियो ।
यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो ।
माओवादीबाट निर्वाचित अर्घाखाँचीका खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदैछ ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्