२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गण्डकी प्रदेशमा एकैदिन १५ जना संक्रमितको मृत्यु


0
Shares

बागलुङ, जेठ ४ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार अनुसार बागलुङका ४, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका २/२ तथा स्याङजा, गुल्मी र पर्वतका १/१ जना संक्रमितको मृत्यु भएको हो ।

बागलुङको बागलुङ नगरपालिका ७ का ५४ वर्षीय पुरुष, ताराखोला गाउँपालिका वडा नम्बर १ का २९ वर्षीय पुरुष, गलकोट नगरपालिका वडा नम्बर १ का ७८ वर्षीय पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर ८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया महिला र घरपझोङ गाउँपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका वा नम्बर १४ का ७२ वर्षीय पुरुषको आइतबार र पोखरा महानगरपालिका वडा नम्बर १३ का ४६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको उनले निर्देशक शर्माले बताउनुभयो ।

नवलपरासी पूर्वको विनयी–त्रिवेणी गाउँपालिका वडा नम्बर २ की ४४ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो भने कावासोती नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

तनहुँको देवघाट की ६८ वर्षीया महिला र व्यास नगरपालिका नगरपालिका वडा नम्बर ३ की ६० वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ९ की ७२ वर्षीया महिला, गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका वडा न ४ का २८ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । पछिल्लो समय गण्डकीमा संक्रमणको र मृत्यु हुने दर बढि रहेको छ ।