
काठमाडौं, जेठ ४ । नेकपा एमालेको आन्तरिक विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी एकता र समझदारी बढाउन तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई टाढा राख्न आह्वान गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले बताउनु भयो ।
कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित पहिलो बैठकले एमाले एकताका आधारहरु थप बलियो बनाएको नेम्वाङको दाबि छ ।
अर्को बैठक बुधबार पुनः बस्ने तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्