९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा


0
Shares

काठमाडौं, कात्तिक १३ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली परीक्षण गराएका छन् । विहान ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको त्यहाँ स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको जानकारी दिए । नयाँ समस्या उत्पन्न नभएको उनको भनाइ छ।

११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएका उनको पटक पटक देश विदेशको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।