८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टेनिस खेल्दाखेल्दै कमल थापा घाइते


0
Shares

काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा घाइते भएका छन् । चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै उनी घाइते भएका हुन् ।

लन टेनिसका खेलाडी थापाले खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि बीचैमा खेल छाड्नु परेको छ । राप्रपा अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी हुन् ।

चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट २०१९ मा भाग लिन कात्तिक ८ गते थापा त्यहाँ पुगेका थिए ।

थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६–० र ६–० मा पराजित गरेका थिए । अर्को खेलमा थापाले भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३–० ले जितेका थिए ।

तर, दोस्रो सेटमा जितिरहेकै अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएपछि उनले खेल छाड्नु परेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले बताएका छन् ।

थापाको पिँडुला र तिघ्राको मांसपेशीमा समस्या भएकाले खेल छाड्नु परेको हो । थापा कात्तिक १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।