
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाउनुभएको छ ।
यसैगरी, उहाँले आजै साँझ मन्त्रिपपरिषदको बैठक पनि बोलाउनुभएको छ ।
दिउँसो २ बजे प्रधाानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पार्टी स्थायी कमिटीको बैठक बोलाउनुभएको हो ।
बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने एमाले नेता एवं कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।
आफूले उम्मेदवार बनाएका गृहमन्त्री रामबहादुर थापालाई पार्टी नेता माधव नेपाल पक्षले असहयोग गर्ने देखिएका सन्दर्भमा यो बैठक आह्वान गरिएको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक सकिएलगत्तै बालुवाटारमै बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । मन्त्रिपरिषद् बैठकलाई नियमित भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्