८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या ६५ पुग्यो (अपडेट)


0
Shares

एजेन्सी, कात्तिक १४ । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

कराँचीबाट रावलपिन्डीतर्फ जाँदै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लाग्दा मृत्यु हुनेको संख्या ६५ पुगेको हो ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा परि अरु ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रशिद अहमदले रेलमा सवार यात्रुले ग्यासमा खाजा बनाएर खान लाग्दा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको जानकारी दिएका छन् ।

उनले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पु¥याइएको जानकारी दिएका छन् । प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार सरकारले गर्ने बताएका छन् ।