८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सामाजिक सुरक्षा कोषमा सहभागि हुन एक महिनाको समय थपियो


0
Shares

काठमाडौं, कात्तिक १४ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन फेरि समय थपेको छ ।

तोकिएको समयमा रोजगारदाताको उत्साहजनक सहभागिता नभएपछि सरकारले अरु एक महिना समय थपेको हो ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।

यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारले भनेको थियो । यो बीचमा न्यून संख्यामा मात्र रोजगारदाता संस्थाहरु दर्ता भएका छन् ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको जनाइएको छ । जसबाट साढे ७ करोडभन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।