
काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका नेताहरुको बैठकले उपयुक्त निर्णय लिने जनाएका छन् ।
प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री बन्न दलहरुलाई आह्वान गरेपछि विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए ।
बैठकमा सहभागि माओवादी केन्द्रका पुष्पकमल दाहालले धेरै विकल्पमाथि छलफल भए पनि टुंगो लागि नसकेको टिप्पणी गर्नुभयो ।
दाहालले भन्नुभयो, ‘छलफल भयो, छलफल जारी छ । अहिले कुनै निर्णय भएको छैन । विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ । एकछिन पछि हामी टुंगोमा पुग्छौं ।’
विपक्षीहरु राष्ट्रपति भण्डारीले असंवैधानिक कदम चालेको भन्दै उहाँविरुद्ध महाअभियोग र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको दावी गरिएको छ ।
दलहरुबीचको सहमति बमोजिम अगाडी बढ्न कांग्रेसले भने आज दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्