
काठमाडौ., जेठ ७ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई पत्नी शोक परेको छ ।
पत्रकार रेग्मीकी पत्नी दुर्गादेवी मानन्धर रेग्मीको ८३ वर्षको उमेरमा उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।
स्वर्गीय दुर्गादेवीले ७८ बर्षमा थेरवाद बुद्धिजममा एम.ए गर्नुभएको थियो ।
उहाँ लामो समयदेखि नशा सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँले लुम्बिनी बौद्ध विश्वविधालयबाट फस्ट व्याचमा बि.सं २०७२ सालमा थेरवाद बुद्धिजममा एम.ए गर्नेु भएको थियोे ।
नेपाल सरकारको पूर्व सहसचिव समेत रहनु भएकी उहाँको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान रहेको छ ।
उहाँको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्