
म्याग्दी, जेठ ९ । कोरोना कहर र निषेधाज्ञामै म्याग्दीमा विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् ।
जिल्लामा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक आयोजना, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामिण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माण लगाएतका काम धमाधम भैरहेका छन् ।
बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ ।
त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, निलगिरि, घारखोला, मङ्गले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् ।
गतवर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष शुरू गरेका छन् ।
गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन् । तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ ।
प्रतिक्रिया दिनुहोस्