३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


१२ वटा अस्पतालका लागि थप रकम विनियोजन


0
Shares

काठमाडौं, जेठ १० । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि थप ८ करोड १० लाख रुपैयाँ छुट्याएको छ ।

जस अन्तर्गत शिक्षण अस्पताललाई ८० लाख, चौतारा, दैलेख, धनकुटा, जलेश्वर र इलाम जिल्ला अस्पताललाई ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पताललाई ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र तनहुँको व्यास अस्पतालका लागि २५ लाख रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।