
तस्विर फाइल
काठमाडौं, जेठ ११ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका सन्दर्भमा पूर्वसभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
दिउँसो १ बजेपछि संसद भवन बानेश्वरमा सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिनुभयो ।
संसद विघटनलाई असंवैधानिक भन्दै यसविरुद्ध उभिन अपील गर्नुभएका सापकोटाले पूर्व सभामुखहरु सुवास नेम्वाङ, कृष्णबहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगानालाई निम्तो बोलाउनुभएको हो ।
नेम्वाङ भने आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले आउन नसक्ने जानकारी गराएको सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्