७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


महराको पक्षमा पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्षले बहस गर्ने


0
Shares

काठमाडौं, कात्तिक १७ । जबरजस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा शुरु भएको छ ।

महराको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ र नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले पनि बहस गर्दैछन् । महराको पक्षमा बहस गर्न अरु २० जना वकील पनि तयार भएका छन् । उनीहरुले वकालतनामा पेश गरेका हुन् ।

यसरी बहस गर्न तयार हुनेमा श्रेष्ठ र केसीका अलवा कानुनव्यवसायी लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल, मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्रप्रसाद गुरागाई लगायत छन् ।

नेपाल सरकार वादी रहेको यस मुद्दामा सरकारका तर्फबाट भने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गर्दैछन् ।