
काठमाडौं, जेठ १३ । संविधानविद डा.भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेभन्दा ठूलो अपराध गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभा विघटनका सन्दर्भमा सभामुख अग्नि सापकोटाले बोलाएको छलफलमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरेको बताउनुभएको हो ।
प्रधानमन्त्रीको तिकडम संसदले रोक्न नसकेको भन्दै आचार्यले भन्नुभयो, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन ।’
प्रधानमन्त्रीले शपथ लिँदाको अवस्थाबारे पनि टिप्पणी गर्दै उहाँले थप्नुभयो, ‘प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् ? विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो ।’
पद रिक्त नै नहुँदै नयाँ प्रधानमन्त्री दावी गर्ने अचम्मको खेल भएकोमा प्रश्न गर्दै आचार्यले भन्नुभयो, ‘प्रतिपक्ष र संसद् पनि निकम्मा भयो ।’
प्रतिक्रिया दिनुहोस्