
डडेल्धुरा, जेठ १३ । महाकाली राजमार्ग अन्र्तरगत डडेल्धुराको बागबजारमा क्षेत्रमा सडक मर्मत नहुँदा जोखिम भएको छ ।
राजमार्ग क्षेत्रमा बाटो बिग्रिएको बर्षौ हुँदा पनि मर्मत हुन नसकेको हो ।
दार्चुला र बझाङदेखि तराई लगायत सुदूरपश्चिम प्रदेशका नौ जिल्ला जोड्ने यो सडकमा गुड्ने सवारीसाधन लाई पनि समस्या भएको छ ।
दुई बर्ष अघि अमरगढी नगरपालिकाले राजमार्गको केही स्थानमा टालटुल गरेपनि बर्षायामको भेलले सडक झनै बिगारेको थियो ।
प्रतिक्रिया दिनुहोस्