८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाउँदै


0
Shares

काठमाडौं, कात्तिक १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्ने व्यक्तिहरुको नामावली टुंगो लगाउँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुख बनाउने व्यक्तिबारे टुंगो गर्ने छ ।

सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै जनालाई सरकारले एकसाथ हटाएको हो ।

सरकारले उनीहरुलाई हटाए पनि संविधानले प्रदेश प्रमुख रिक्त नहुने कल्पनासहितको व्यवस्था गरेपनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना पनि भएको छ ।

सचिवालय बैठकले प्रमेख बनाउनेहरुको नाममा सहमति गरेपछि निर्णय गर्न मन्त्रिपरिषद बैठक बसी नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने जनाइएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले भने प्रदेश प्रमुखको नाम टुंग्याउन सकेको थिएन । नाममा सहमति गर्न नसक्दा आइतबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक नै स्थगित गरिएको थियो ।