
काठमाडौं, जेठ १४ । स्वास्थ्य स्थिति जटिल बनेपछि विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएका थापाको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएका थापाको थप उपचार इक्मो प्रविधिबाट नेपाल मेडिसिटी अस्पतालमा गरिने छ ।
थापाको उपचार सहयोगका लागि पाण्डेले सार्वजनिक अपील पनि गर्नुभएको छ ।
थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्