१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिनल्याण्डले दियो नेपाललाई कोरोनाविरुद्ध लड्न सहयोग सामग्री


0
Shares

काठमाडौं, जेठ १४ । फिनल्याण्ड सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

फिनल्याण्डले चार्टड जहाजमा पठाइएका सामानमा ३ ला ५० हजार थान एफएफपीटू मास्क, १ लाख केएन९५ मास्क, २ लाख ३२ हजार ५ सय पञ्जा, २४ लाख ९८ हजार फेसमास्क, ३ लाख ५० हजार फेससिल्ड रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती सामग्री नेपालका लागि फिनल्याण्डका राजदूत प्रिटी आन्टीनेनले त्रिभुवन विमानस्थलमै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकामा मन्त्री त्रिपाठीले फिनल्याण्ड सरकारलाई धन्यवाद दिनुभएको छ ।