
काठमाडौं, जेठ १४ । थाईल्याण्डले नेपाललाई कोरोना संत्रमणको उपचारमा प्रयोग गर्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
थाई सरकारको सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
नेपालका लागि थाईल्याण्डका राजदूत भोसिता भोरासप्पले ४६ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
थाई सरकारले रोयल थाई मोनास्त्री, लुम्बिनी र भेरापुचोंग फाउन्डेसन लगायत संस्थामार्फत स्वास्थ्य सामग्री नेपाललाई उपलब्ध गराएको हो ।
यसअघि १७ थान कन्सन्ट्रेटर मेसिन उपलब्ध गराईसकेको थाई सरकारले यस्तो सहयोग जारी रहने प्रतिवद्धता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तो सहयोगले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपालका लागि थाई राजदुतावासले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्