१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यास् चक्रवातको प्रभावः पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ११० मिलिलिटर वर्षा भैरहवामा


0
Shares

काठमाडौं, जेठ १४ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।

शुक्रबार पनि देशको सबैजसो स्थानमा हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा भैरहवामा भएको छ । सबैभन्दा धेरै भैरहवामा ११० मिलिलिटर वर्षा हुँदा दिपायलमा सबैभन्दा बम शून्य दशमलव ९ मिलिलिटर पानी परेको छ ।

भैरहवापछि धेरै पानी सिमरामा ९२ दशमलव २, जनकपुर ७२, धनकुुटा ५२ दशमलव ७, ताप्लेजुङ ६७ दशमलव ७, पोखरा ३६, ओखलढुंगा दशमलव ७, राजधानी काठमाडौंमा ३१ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ ।

चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।