
काठमाडौं, जेठ १५ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।
लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढीसमेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ ।
अझै सोमबारसम्म वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्