
स्याङ्जा, जेठ १५ । नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले गणतन्त्र दिवसको अवसरमा कोरोना अस्पताल र संक्रमितहरुलाई लक्षित गरेर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
स्याङ्जाको गल्याङ, चापाकोट, कालीगण्डकी, वालिङ र भिरकोटमा करिब ४ लाख रुपैयाँ भन्दा बढीको औषधी र स्वास्थ्य सामाग्री वितरण गरेको अध्यक्ष गैरेले बताउनुभयो ।
गल्याङ, चापाकोट र कालीगण्डकीमा कोरोना संक्रमित भएका ३ सय जना विरामीलाई आधारभुत औषधी घरमै लगेर बाँड्ने व्यवस्था मिलाएको छ ।
संक्रमितलाई भिटामिन सि, भिटामिन डि, मल्टिभिटामिन, जिंक चक्की र सिटामोल उपलब्ध गराइएको छ ।
त्यस्तै सोहि प्रकारको औषधी भिरकोट नगरपालिकामा ५० जना संक्रमित विरामीलाई बाँड्ने व्यवस्था मिलाइएको छ ।
गैरेले गल्याङ र कालीगण्डकीको अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने अवस्था भएका विरामीलाई लक्षित गरेर डेक्सोना इन्जेक्सन, पारासिटामोल इन्फुजेन इन्जेक्सन १/१ सय सेट, मास्क, र सेनिटाइजर प्रसस्त मात्रामा प्रदान गर्नुभएको छ ।
त्यस्तै उहाँले एम्बुलेन्स चालक, कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनमा खटिने वालिङका दुई युवा, पार्टी कमिटी र भिरकोटका युवाहरुलाई समेत सेनिटाइजर, मास्क थर्मगन र पिपिई सेट प्रदान गरेका छन् ।
गल्याङ प्रहरी चौकीलाई पिपिई सेट, मास्क, थर्मगन हस्तानतरण गरेका गरिएको छ ।
स्याङ्जामा कोरोना संक्रमितहरुलाई लक्षित गरेर व्याक्तिगत रुपमा यति धेरै रकम बराबरको औषधी र स्वास्थ्य सामाग्री वितरण गरिएको यो पहिलो उदाहरण हो ।
प्रतिक्रिया दिनुहोस्