१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली भिक्षुको पहलमा थाइ नरेशबाट स्वास्थ्य सामग्री पठाउँदै


0
Shares

काठमाडौं, जेठ १५ । थाइल्यान्डका राजपरिवारले कोभिड(१९ महामारीको बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

थाइ नरेश महा बजिरालोङकन फ्रा वजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिबाट व्यक्तिगत उपहार स्वरुप थाई रोयल एडको रूपमा स्‍वास्‍थ्‍य सामग्री पठाउन थालेको हो ।

स्वास्थ्य सहयोग आइतबार थाई राजपरिवारकै खर्चमा रोयल थाई एयर फोर्सको विशेष विमानबाट काठमाडौंमा आइपुग्ने छ ।

नेपाली भिक्षु फ्रा देव शाक्य वंशपण्डित प्रा.डा.सुगन्ध महास्थवीर (अनिल शाक्य)को पहलमा उक्त सामग्री नेपाल पठाउन लागेको हो ।

भिक्षु सुगन्धको अनुरोध र पहललाई थाई राजपरिवारले सहर्ष स्विकार गरि सहयोग गरेको जनाएको छ ।

भिक्षु सुगन्ध थाइ राजकीय विहार बोभर्नका उप प्रमुख, विश्वविख्यात महामुकुट बौद्ध विश्व विश्वविद्यालयका रेक्टर र थाई बौद्ध भिक्षु परम्परामा दोस्रो देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु हुनुहुन्छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नेपालमा संयोजन गर्नु भएको हो । थाई नरेशबाट नेपाललाई सहयोग गर्न निर्देशन जारी भए बमोजिम १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाललाई उपलब्ध गराइएको छ ।

थाई राजकुमारी नरेन्दादीब्याभातिबाट ७ हजार थान पिपिइ उपलब्ध गराउनुभएको छ ।