६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


खोपको प्राथमिकतामा पर्यटन व्यवसायीलाई समेट्न संघले आग्रह


0
Shares

पोखरा, जेठ १६ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने जनाएको छ ।

संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय संचालन नगर्ने स्पष्ट पार्नु भएको हो ।

पटक-पटक खोप कार्यक्रम ल्याइए पनि काठमाडौं केन्द्रित पर्यटन व्यवसायीलाई प्राथमिकता दिइएको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले आग्रह गरेको छ ।