
सुर्खेत, जेठ १६ । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने अझै कायमै रहेको छ ।
पछिल्लो समय परीक्षण गरिएको नतिजामा ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ ।
कोरोनाको दोस्रो लहर शुरु हँुदा कर्णालीमा परीक्षण गरिएकोमध्ये ९८ प्रतिशतसम्ममा संक्रमण पोजेटिभ हुने गरेको थियो ।
निषेधाज्ञा र स्वास्थ्य मापदण्ड अपनाएकै कारणले संक्रमण घटेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेशमा संक्रमण दर घटे पनि ग्रामिण क्षेत्रमा संक्रमण जोखिम कायम रहेको भन्दै निर्देशक खड्काले स्वास्थ्य सावधानी अपनाउन पालिका एवम वडाहरुले निषेधाज्ञालाई राम्रोसँग पालना गराउनु पर्ने बताउनुभयो ।
उहाँले कर्णालीका अधिकांश जिल्लामा कुल देवता मान्ने सिजन भएकाले संक्रमण गाउँमा फैलिन सक्ने संभावना धेरै रहने हँुदा सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्