१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इराकसँग नतिजा सुम्पिए पनि नेपाली फुटबल टोलीको प्रदर्शन तारिफ योग्य


0
Shares

काठमाडौं, जेठ १६ । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्‍यो ।

नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् ।

कुवेतका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् ।

विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ ।

फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन ।

तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ ।

६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे ।

यससँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत भएका छन् । यस अघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए ।

वाइबी घलेले एसियाली खेलकुदमा कुवेत विरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तान विरुद्ध गोल गरेका थिए ।

डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिनुभएको छ ।

फुटबलका जानकार तथा सहिद स्मार ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडि सम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताउनुभएको छ ।

शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ ।