
हेटौंडा, जेठ १६ । बागमती प्रदेश सभाको ८औं अधिवेशन आइतबारबाट सुरु भएको छ ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अधिवेशन आव्हान गर्नु भएको पत्र पढेर सुनाउनु भएको थियो ।
यसैगरि प्रदेश प्रमुख कार्यालयबाट प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्नगठन भएको जानकारी पत्रसमेत पढ्नु भएको थियो ।
बागमती प्रदेश सरकारमा मन्त्रीमण्डल पुर्नगठनमा सरस्वती बस्नेत सामाजिक विकास मन्त्री, केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री, सुरेश नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री हुनुभएको छ ।
बैठक सविधान सभाका सदस्य तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा शोक प्रस्ताव पास गर्दै अर्को सोमबार ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्