
अमेरिका, जेठ १७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ ।
शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कुल २० हजार १३८ मतदाता रहेकामा १५ हजार ७६८ मत खसेको थियो । जसमा सुवेदीले ५ हजार ६ सय १८ अर्थात् कुल मतको ३६.१७ प्रतिशत ल्याउनुभएको हो ।
सुवेदीका निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत तथा अर्का प्रतिष्पर्धी डा. अर्जुन बञ्जाडेले ४ हजार १४८ मत पाउनुभएको छ । अर्का प्रतिष्पर्धी तिलक केसीले भने ५६७ मत ल्याउनुभएको छ ।
नेजा अमेरिकाका महासचिव किरण मरहठ्ठाका अनुसार ७८ दशमलव ३२ प्रतिशत मत खसेको छ ।
प्रमुख सनर्वाचन अधिकृत विश्वनाथ बराल, आयुक्तहरु कुल आचार्य, शिवराज पौडेल र वासुदेव रहेको निर्वाचन समितिले मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गरेको थियो ।
सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी अमेरिकामा व्यवसाय गर्दै आउनुभएको छ । अध्यक्षका चार जनाबाहेक अरु पदमा चारसय प्रतिष्पर्धी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्