
काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ ।
राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा रावलले आलोचना गर्दै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो भन्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेख्नुभएको छ, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो ।’
प्रधानमन्त्री र सरकार निकम्मा भएको हो ? रावलको प्रश्न छ, ‘यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’
प्रतिक्रिया दिनुहोस्